१२ जिल्लाका सीडीओ फेरिए
नुवाकोट । गृह मन्त्रालयले ललितपुर लगायत १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ ।
गृह मन्त्री रामबहादुर थापाले शुक्रबार मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिने निर्णय गरेका हुन । यस्तै, महोत्तरीमा केशवप्रसाद विमली, धनकुटामा बासुदेव दाहाल, गुल्मीमा रुद्रादेवी शर्मा, रामेछापमा अर्जुनकुमार शर्मा, भोजपुरमा कृष्णप्रसाद भण्डारी, डोल्पामा माधवप्रसाद ढकाल, सिराहामा कृष्णकुमार निरौला, खोटाङमा मित्रलाल शर्मा, मुगुमा चन्द्रबहादुर शिवाकोटी, पाँचथरमा पुन्यप्रसाद ढकाल र तेह्रथुममा जयराम भण्डारीलाई सरुवा गरिएको छ ।
महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवाललाई झुम्का कारागार सुनसरी, गुल्मीका प्रजिअ भरतकुमार शर्मा र तेह्रथुमका प्रजिअ विश्वराज न्यौपानेलाई गृह मन्त्रालयमा तानिएको छ ।
डोल्पाका प्रजिअ सुरेश सुनारलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र भोजपुरका प्रजिअ बसन्तराज पुरीलाई इलाका प्रशासन कार्यालय, कटारी सरुवा गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया