यो वर्ष एसईई होला कि नहोला ?

नुवाकोट । वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरू हुन करिब तीन महिना बाँकी छ ।
गत वर्ष ६ चैतका लागि निर्धारित परीक्षा नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण अघिल्लो साँझ स्थगित भएको थियो । गत वर्षको परीक्षा तालिकालाई आधार मान्ने हो भने यो वर्षको एसईई सुरू हुन जम्मा १३ हप्ता बाँकी छ ।
तर परीक्षाको तयारी शुन्य छ । दुरशिक्षाको पहुँच बाहिर रहेका विद्यार्थीले पढ्न समेत पाएका छैनन् । माध्यमिक परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेल प्रश्नपत्र तयार पारेर छाप्न पठाउनुपर्ने बेला भइसकेको बताउँछन् । भन्छन्, ‘अहिलेसम्म परीक्षाको आवेदन खुलाउन सकेका छैनौं, तीव्र तयारी नगर्ने हो भने एसईईको तालिका प्रभावित हुने देखिन्छ ।’
सामान्यतया साउनमा परीक्षा आवेदन खुलिसकेको हुन्थ्यो । तर पुस लाग्ने बेलासम्म कति विद्यार्थीका लागि तयारी गर्ने हो भन्ने नै यकिन नभएको अध्यक्ष पौडेल बताउँछन् ।
अनिर्णित मन्त्रालय
परीक्षा बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विकल्प सहित एसईईबारे निर्णय गर्न पत्राचार गरेको छ । तर मन्त्रालयले यस विषयमा कुनै निर्णय लिन सकेको छैन ।
२०७७ जेठमा मन्त्रिपरिषद् बैठकले परीक्षा नलिने आन्तरिक मूल्यांकनका आधार ग्रेड निर्धारण गर्ने निर्णय गरेको थियो । त्यसपछि सम्बन्धित विद्यालयले पठाएको अंकलाई बोर्ड मान्यता दियो ।
गत वर्ष मन्त्रिपरिषद्ले नै निर्णय गरेकाले यसपटक के गर्ने भन्ने विषयमा सरकार निर्णयमा पुग्नुपर्ने जानकारहरू बताउँछन् । अघिल्लो वर्ष जस्तै सम्बन्धित विद्यालयलाई जिम्मा दिने, प्रदेश शिक्षा निर्देशनालयलाई परीक्षा सञ्चालन गर्न दिने वा माध्यमिक परीक्षा बोर्डलाई दिने भन्ने निर्णयमा पुग्नुपर्ने बोर्डका अधिकारीहरू बताउँछन् ।
मन्त्रालयले भने विद्यालयलाई परीक्षा सञ्चालन गर्न दिने, गत वर्षजस्तै विद्यालयलाई आन्तरिक मूल्यांकन गर्न दिने वा माध्यमिक बोर्डलाई परीक्षा लिन दिने भन्ने विषयमा छलफल गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया