नुवाकोटमा कोरोना संक्रमित ८ सय ३३ पुगे
विदुर खबर
२०७७ मंसिर १६ गते १९:३८
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ सय ३३ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८ सय ३३ पुगेको छ ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा सुर्यगढी र दुप्चेश्वर गाउँपालिकाका एक÷एक जनामा कोरोना भाइरसका संक्रमित भेटिएका हुन् । यस्तै पछिल्लो २४ घण्टमा जिल्लाका २ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै नुवाकोटमा कोरोनामुत्त हुनेको संख्या ६ सय २ पुगेको छ ।
हालसम्म नुवाकोटका ७ हजार ६ सय ३ जनाको पिसिआर परिक्षण गरिएको छ भने एक जनाको कोरोनाको कारण ज्यान गएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया