चिलिमेले सेयरधनीलाई २० प्रतिशत लाभान्स दिने

विदुर खबर २०७७ मंसिर १६ गते ११:२९

नुवाकोट । चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार  बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

Advertisement

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो ।

कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । कम्पनीले पुस १२ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २९ देखि पुस १२ गतेसम्म बुक्क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

Advertisement

 

प्रतिक्रिया