नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या दुई लाख नाघ्याे
नुवाकोट । नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितकाे सङ्ख्या दुई लाख नाघेकाे छ ।
बुधबार थप दुई हजार पाँच सय ६९ जनामा काेराेना सङ्क्रमण देखिएसँगै काेराेना सङ्क्रमितकाे सङ्ख्या दुई लाख पाँच हजार ६९ पुगेकाे छ ।पछिल्लाे २४ घण्टामा १० हजार ८१ जनाकाे नमुना परीक्षण भएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार ६ सय ६६ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ६२ हजार दुई सय ४३ पुगेको छ ।
अब नेपालमा ३८ हजार नाै सय १२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै एक हजार एक सय नाै जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा २६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय ७४ पुगेको छ ।
यसैबीच पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा एक हजार दुई सय ६१ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । मन्त्रालयका अनुसार बुधबार काठमाण्डाैमा नाै सय ७६, भक्तपुरमा ८१ र ललितपुरमा दुई सय चार जनामा सङ्क्रमण देखिएकाे हाे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया