डा. गोविन्द केसीको मागप्रति सरकार उदासिन रहेको भन्दै चिन्ता
विदुर खबर
२०७७ असोज १७ गते १८:५८
नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले चिकित्सा शिक्षाको सुधार जस्तो लोकहितको मागप्रति सरकार उदासिन रहेको भन्दै चिन्ता प्रकट गरेका छन् ।
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको भन्दै नागरिक जीवन रक्षाको भार बोध गर्न सरकारलाई अध्यक्ष राणाले आह्वान गरेका छन् । डा. केसीको जायज माग पूरा गर्न गंभीर बन्नु पर्ने भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
‘चिकित्सा शिक्षाको सुधार विमित राख्ने विषय हैन । तै १९ दिन यता अनसनरत डा. गोविन्द केसीको यही माग सम्बोधन गर्ने सरकार तत्पर छैन,’ शुक्रबार ट्वीट गर्दै राणाले भने ।
‘उनको स्वास्थ्य चिन्ताजनक स्थितिमा छ । नागरिक जीवन रक्षाको भार बोध गर्दै गंभीर बन्न र जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउदछु ।’
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया