नुवाकोटका खोलामा अवैध काम हुन दिन्न : प्रजिअ ढकाल
नुवाकोट । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले नुवाकोटका खोलाहरुमा मापदण्ड विपरित काम हुन नदिने बताएका छन् ।नुवाकोटका जनप्रतिनिधिहरुले अवैध रुमिा चलेका क्रसर खोल्नुपर्ने बताएपछि सिडियो ढकालले अवैध क्रसर कुर्नैपनि हालतमा चल्न नदिने बताएका हुन् ।
सोमबार विदुरमा आयोजित नदी तथा खानीजन्य स्रोतहरुको संकलन उपयोग र व्यवस्थापन सम्बन्धी जिल्लास्तरीय समन्वय बैठकमा बोल्दै प्रजिअ ढकालले जिल्लाका खोलाहरुमा गलत क्रियाकलाप हुन नदिने बताएका हुन् । जिल्लाका स्थानियतहका जनप्रतिनिधिहरुले बन्द गरिएका क्रसर तत्काल खोल्नुपर्ने माग गरेपछि प्रजिअ ढकालले आफुले सर्वाेच्च अदालत र प्रधानमन्त्रि कार्यालयको आदेश कार्यान्यन गरेको भन्दै प्रहरी र प्रशासनले आदेश कार्यान्यन मात्र गरेको बताए ।
उनले स्थानिय तहका जनप्रतिनिधिहरुले व्यवहारिकता हेरेर काम गर्न आग्रह गरेको भन्दै कानुनले व्यवहारिकता हेर्न नसक्ने बताएका हुन् । उनले बजार अनुगमन गर्न जाँदा हल्ला गरेर जान नसकिने भन्दै क्रसरमा ताला लगाउने समयमा सबैलाई खबर गर्न जरुरी रहेको बताए ।
यसअघि नुवाकोट प्रहरीले जिल्लाको तादी र त्रिशुली नदिमा अवैध रुपमा चलेका क्रसरमा सिल गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया