नेपालमा एकैदिन दुई हजार कोरोना संक्रमित थपिए
नुवाकोट । नेपालमा एकैदिन २ हजार कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २० जनामा कोरोना संक्रमित भेटिएका हुन् । यससँगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६१ हजार पाँच सय ९३ पुगेकाे छ ।
गएको २४ घण्टामा ११ हजार चार सय ५८ जनाकाे पीसीआर परीक्षण गर्दा दुई हजार २० जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा आठ सय ७१ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४३ हजार आठ सय २० पुगेको छ ।
अब नेपालमा १७ हजार तीन सय ८३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार सात सय ३६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ९० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया