केरुङ नाका प्रवेशका लागि एकदिने पासको व्यवस्था माग
विदुर÷नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपाली व्यवसायलाई केरुङ नाका प्रवेशका लागि एकदिने पासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
महासंघका अध्यक्ष नरेश कटुवालको नेतृत्वमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटेर रसुवाका जनतालाई मात्र पास उपलब्ध गराउँदै आएको सरकारले देशैभरिका व्यवसायीलाई एकदिने पासको व्यवस्था मिलाउन माग गरेको हो ।
यस्तै, महासंघले भन्सारमा सहज रूपमा व्यवसायीको पहुँच हुनुपर्ने, व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने, तातोपानी नाका तत्काल खुलाउनुपर्ने लगायत माग समेत गरेको छ । ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले व्यवसायीले राखेका माग सकारात्मक भएको भन्दै उक्त माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । यसअघि महासंघको टोलीले केरुङ नाकाको अवलोकन गरी नेपाली व्यवसायीले भोग्नु परेको समस्याका बारेमा जानकारी लिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया