तारकेश्वर गाउँपालिकाका अध्यक्ष वस्तीद्धारा श्रीकृष्ण मन्दिर सिलन्यास
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ४ को पौवा भञ्ज्याङमा निर्माण हुन लागेको श्रीकृष्ण मन्दिरको आईतबार विहान गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीले सिलान्यास गरेका छन् ।
मन्दिर शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष वस्तीले मन्दिर निर्माणका लागि आफुले व्यक्तिगत तथा पलिकाबाट सक्दो सहयोग गर्ने प्रतबद्धता गरे । उपभोक्ताहरुको पहलमा निर्माण हुन लागेको मन्दिरको आर्थिक स्रोत र साधन भने विभिन्न व्यक्ति , संघसस्था,समुदायबाट सहयोग लिई निर्माण सम्पन्न गर्ने योजना रहेको मन्दिर निर्माण समितिका सदस्य तथा समाजसेवी शैलेश बुढाथोकीले जानकारी दिए । उनले मन्दिर निर्माणमा सहयोग गर्न विभिन्न व्यक्ति ,संघ संस्था,समुदायहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष राममणी अधिकारी लगायत विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया