आज देशभर थप १४ सय ५४ संक्रमित, नौ सय ७२ जना निको भए
विदुर खबर
२०७७ भदौ २६ गते १६:२९
नुवाकोट । पछिल्लो २४ घण्टामा देशभर गरिएका परीक्षणमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा १० हजार सात सय एकजनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।शुक्रबारको थपसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ५१ हजार नौ सय १९ पुगेको छ ।
विगत २४ घण्टामा नौ सय ७२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त भएर ३६ हजार ६ सय ७२ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणमुक्त हुने दर ७१ प्रतिशत रहेको जानकारी दिए ।सक्रिय संक्रमितको संख्या १४ हजार नौ सय २५ छ । त्यसमध्ये आठ हजार दुई सय ९१ जना संस्थागत र ६ हजार ६ सय ३४ जना होम आइसोलेसनमा छन् ।
संक्रमितमध्ये एक सय ७० जनाको आइसियू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले बताए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया