लकडाउनमा सरकारको उपहार, फेरि बढ्यो पेट्रोलको मूल्य
नुवाकोट । पेट्रोलको मूल्य फेरि बढेको छ ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटरमा २ रुपैयाँले वृद्धि गरेको हो । नयाँ मूल्यसूचि मंगलबार मध्यरातिदेखि नै लागू हुनेछ ।समायोजित मूल्यअनुसार अब पेट्रोलको मूल्य १०७ रुपैयाँ प्रतिलिटर पुगेको छ । निगमले डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै राखेको छ ।
इण्डियन आयल कर्पोरेसनले प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूचि पठाउने गर्छ । निगमले सोही सूचिअनुसार मूल्य समायोजन गर्दै आएको छ । पछिल्लो मूल्यसूचि समेत बढेर आएकोले पेट्रोलको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायको प्रष्टीकरण छ ।
मूल्य बढाउँदाको अवस्थामा समेत भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२.२६ र डिजेलमा प्रतिलिटर ३६.७५ रुपैयाँले नेपालतर्फ सस्तो रहेको उपाध्यायको दाबी छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया