नुवाकोटमा पिसिआर मेसिन खरिद गर्न सहयोग गर्ने सांसद खतिवडाको प्रतिवद्दता
नुवाकोट । नुवाकोट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सासंद नारायण प्रसाद खतिवडाले त्रिशुली अस्पतालको लागी पिसिआर ल्याब परीक्षण मेसिन खरिद संन्चालनको लागी ७६ लाख रुपैयाँ रकम प्रतिवद्धता व्यक्त गरेका छन् ।
नुवाकोट कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आज बसेको बैठकको निर्णअनुसार जिल्ला स्थित त्रिशुली अस्पतालमा पिसिआर ल्याब स्थापना तथा संचालन गर्नका लागीे स्थानिय पूवार्धार साझेदारी कार्याक्रम अन्र्तगत खतिवडाले कोरोना परीक्षणको लागी पिसिआर मेसिन खरिद गर्न ७६ लाख रुपैयाँ बजेट छुटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
जिल्लामा कोरोना परीक्षणको लागी ढिला सुस्ती नहोस र सर्वसाधारणले चाडै परीक्षण भई उपचार पाउने छन् भन्ने उदेश्यले पिसिआर ल्याब मेसिन खरिद गर्नलाई बजेट दिने निर्णय गरेको सांसद खतिवडाले बताए । ‘पिसिआर ल्याब मेसिन नुवाकोटमा नहुदाँ स्वाव परीक्षणको लागी काठमाण्डौ पठाउदा हप्तादिन कुर्नुपर्ने बाध्यता अन्त्यको लागी पनि पिसिआर ल्याब मेसिन खरिद गर्ने निर्यणमा पुगेको उनले बताए ।
त्यस्तै, विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले तत्कालै पिसिआर ल्याब मेसिन खरिद गर्नको लागी विदुर नगरपालिकाले टेन्डर प्रक्रिया अगाडी बढाउने जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया