रसुवाको गोसाईकुण्ड गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
रसुवा, रसुवाको गोसाईकुण्ड गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम शनिबार सार्वजनिक गरेको छ । यहि असार २५ गते पारित भइसकेको वजेट, नीति तथा कार्यक्रमको पत्रकार, कार्यलय प्रमुख र सरोकारवाला निकायका बीच शनिबार जानकारी गराएको हो ।
गाउँपालिकाले आगामी वर्षका लागि २७ करोड ७४ लाख २७ हजार वजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा करिब ४० लाख आन्तरिक राजश्व उठ्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा १९ लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य थियो । गाउँपालिकाको तेस्रो गाउँसभाले १२ वटा महत्वपूर्ण निर्णय गरेको छ ।
गाउँपालिकाको नाम परिवर्तन गर्ने, ऐन तथा कार्यविधि स्वीकृत गर्ने, सरकारले निर्धारण गरेको पोसाक लगाउनका लागि अस्थायी तथा करारका कर्मचारीलाई पोसाक भत्ता उपलब्ध गराउने, गाउँपालिकाको पहिचानको लागि गाउँपालिकाको छ्ट्टै लोगो निर्माण गर्ने लगायतका निर्णय गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया