बजारमा दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य
विदुर खबर
२०७७ साउन २२ गते ११:२१
नुवाकोट । बिहीबार अन्तरराष्ट्रिय र नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ।
नेपाली बजारमा साउन २२ गते, बिहीबार सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेर ऐतिहासिक रकर्ड बनाएको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघले यस दिनकाे लागि छापावाला सुनकाे मूल्य प्रतितोला एक लाख दुई हजार ५०० र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँ ताेकेको छ।
अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य आकाशिएको छ। बिहीबार सुनको भाउ तोलामा प्रतिअउन्स दुई हजार ४४ पुगेको छ। कोरोना भाइरसको महामारी फैलिएसँगै लगानीकर्ताहरुले सुरक्षित लगानीका लागि सुन रोजेका कारण सुनको मूल्य दिनप्रतिदिन नयाँ उचाईमा पुग्न थालेको हो।
यसैगरी, बिहीबार चाँदीको भाउ पनि ५० रुपैयाँले बढेको छ। यसदिन चाँदी प्रतितोला एक हजार ३४५ रुपैयाँ तोकिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया