बागलुङमा पहिरो जाँदा ४ जनाको मृत्यु

बलेवा । बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ ।
सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतेकी मृतककी आमा होमकुमारी विक गम्भीर घाइते भएकि छिन । उनलाई उपचराका लागि अस्पताल पठाउने तयारी भइहेको छ । पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन ।
घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको छ । पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको प्रनाउ रेग्मीले बताए । निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेलापरेको छ । उनको पहिचान नखुलेको जनाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया