विश्व अर्थतन्त्रमा देखिएको कोरोना असरका कारण सुनको भाउ बढेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार डलरसम्म पुग्ने आकलन गरिएकाले त्यसको असर नेपाली बजारमा अझै पर्न सक्ने उनको भनाइ छ ।
सुनको मुल्यमा ऐतिहासिक रेकर्ड कायम
विदुर खबर
२०७७ साउन ८ गते १३:३९
नुवाकोट । सुनको मूल्यमा बिहीबार पुनः नयाँ कीर्तिमान कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर सुनको भाउ ९४ हजार पाँच सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य भने ९४ हजार ६५ रुपैयाँ प्रतितोला तोकेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोता मूल्य ११ सय ४५ रुपैयाँ कायम भएको छ । मूल्य आकासिएसँगै बजारमा सुनचाँँदी खरिद गर्ने ग्राहक नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया