नुवाकोटका स्थानीय तहमा ६ अर्बको बजेट
नुवाकोट । जिल्लामा सबै स्थानीय तहहरुले गाउँरनगरसभा सम्पन्न गरेका छन् ।
बुधबार स्थानीय तहहरुमा आयोजित सभामा जिल्लामा १२ वटै स्थानीय तहमा नीति तथा कार्यक्रम र बजेट पेश भएको हो । जिल्लाका सबै स्थानीय तहमा गरी ६ अर्ब सात करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । सबैभन्दा बढी विदुर नगरपालिकाको एक अर्ब आठ करोड रुपैयाँ बजेट पेश भएको छ ।
बेलकोटगढी नगरपालिकाको ९९ करोड ९३ लाख रुपैयाँको बजेट पेश भएको छ । शिवपुरी गाउँपालिकाले ४९ करोड २५ लाख रुपैयाँ, ककनी गाउँपालिकाले ४३ करोड रुपैयाँ, दुप्चेश्वर गाउँपालिकाले ४१ करोड रुपैयाँ, पञ्चकन्या गाउँपालिकाले ४० करोड ९३ लाख रुपैयाँ, किस्पाङ गाउँपालिकाले ४० करोड दुई लाख रुपैयाँ, तारकेश्वर गाउँपालिकाले ३९ करोड ६८ लाख रुपैयाँ, सूर्यगढी गाउँपालिकाले ३८ करोड १२ लाख रुपैयाँ, लिखु गाउँपालिकाले ३७ करोड ७८ लाख रुपैयाँ, तादी गाउँपालिकाले ३६ करोड १९ लाख रुपैयाँको बजेट कार्यक्रम सभामा पेश गरेका छन् ।
जिल्लामा सबैभन्दा कम म्यागङ गाउँपालिकाको बजेट ३४ करोड रुपैयाँ गाउँसभामा पेश भएको छ । पेश भएको नीति तथा कार्यक्रम र बजेट केहीले पारित गरिसकेका छन् भने केही स्थानीय तहले छलफलपछि पारित गरिने जनाएका छन् ।
सभामा पेश भएको नीति तथा कार्यक्रम र बजेटमा सबै पालिकाले कोरोनालाई प्राथमिकता दिएर कार्यक्रम राखेका छन् । कृषि क्षेत्र, सडकलगायत पूर्वाधार विकासमा बजेट धेरै विनियोजन गरेको पाइएको छ । –रासस
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया