यहाँ पत्नीलाई पतिको जुत्ताको पानी खुवाइन्छ
आजको डिजिटल युगमा महिलाहरु पुरुषसँग काँधमा काँध मिलाएर हिँडिरहेका छन् । पुरुषले गर्ने हरेक काम गर्न महिलाहरु पनि सक्षम छन् । तर भारतको केही ठाउँका महिलाहरु नरक जस्तो जीवन जिउन बाध्य रहेका छन् । शिक्षाको अभावमा उनीहरुले कयौँ समस्या भोग्नु परिरहेको छ । त्यहाँका महिलाहरु केवल पुरुषको उपयोगका साधन बनेर आफ्नो जीवन बाँच्न बाध्य छन् ।
छिमेकी मुलुक भारतको राजस्थानमा एउटा यस्तो ठाउँ रहेको छ, जहाँका महिलाहरुलाई उनीहरुका लोग्नेको जुत्ताको पानी खुवाइन्छ ।
उक्त गाउँमा अन्धविश्वास रहेको छ कि, यदि महिलाहरुले आफ्नो पतिका साथ देवीको मन्दिरमा गएर पतिले खुट्टामा लगाएको जुत्ता निकालेर उक्त जुत्तामा पानी भरेर पिएमा उनीहरुलाई सौभाग्य प्राप्त हुनेछ ।
यति मात्र नभई महिलाहरुलाई योभन्दा पनि कठिन परिस्थितिको सामना गर्न लगाइन्छ । उक्त माताको मन्दिरा महिलाको शरीरबाट भूत उतार्ने प्रचलन पनि रहेको छ । महिलाहरु माथि रहेको भूतको छाँया यसै मन्दिरमा उत्रिन्छ भन्ने विश्वास रहेको छ ।
यसका लागि महिलाहरुलाई उनका पतिसँगै देवीको मन्दिरमा लगिन्छ । पहिला उनीहरुलाई पतिले खुट्टामा लगाएको जुत्ता खोलेर त्यसमा नै पानी पिलाइन्छ । त्यसपछि पूजापाठ गराउने तान्त्रिकले महिलाहरुलाई पुरै शरिरमा त्यहीँ जुत्ताले क्रूर ढंगले कुट्दछन् ।
यति कष्ट सहिसकेपछि पनि त्यहीँ जुत्ता मुखमा राखेर ती महिलालाई पुरै गाउँ घुम्न लगाइन्छ । यो प्रथा अझै पनि उक्त गाउँमा रहेको बताइएको छ ।
आजको आधुनिक समयमा जहाँ महिला र पुरुषलाई एक समान नजरले हेरिन्छ भने कतै यस्ता अन्धविश्वासी र पुरानो सोच भएका ठाउँहरु पनि रहेका छन्, जहाँ महिलाहरुलाई नराम्रो व्यवहार गर्ने गरिन्छ । उनीहरु माथि अत्याचार गर्नुका साथै पुरुषको उपयोगको साधनका रुपमा मात्र लिइन्छ । एजेन्सी
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया