नुवाकोटमा थप दुईजनामा कोरोना संक्रमण,संक्रमितको संख्या १५ पुग्यो
नुवाकोट । नुवाकोटमा थप दुईजनामा कोरोना संक्रमीत भेटिएका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दुप्चेश्वर गाउँपालिकाका दुई महिलामा कोरोनाको संक्रमण देखिएको हो ।
संक्रमितहरुमा २० र ५५ वर्षिया महिलाहरु रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । उनीहरुको पिसिआर चेकजाँच गर्दा कोरोना भेटिएको हो । दुप्चेश्वर गाउँपालिकाका क्वारेनटाइनमा रहेको उनीहरुमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । उनीहरुलाई तादी गाउँपालिकाको खरानीटारमा रहेको आइसोलेसन वार्डमा राखिएको कार्यालयले जनाएको छ । हालसम्म नुवाकोटमा १५ जनामा जनामा संक्रमण देखिएको छ भने ३ जना निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तम खनाल बताए ।
अहिलेसम्म नुवाकोटको तारकेश्वर गाउँपालिकाका, म्यागङ गाउँपालिका,तादी गाउँपालिका,विदुर नगरपालिका, वेलकोटगढी नगरपालिका र ककनी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकामा कोरोना संक्रमित भेटिएका छन । जसमा म्यागङका दुई र ककनीका एक सहति ३ जना कोरोनालाई जितेर घर फर्किसकेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया