बैंकलाई कर्मचारी व्यवस्थापनको सकस, दुई सिफ्टमा सेवा दिन राष्ट्र बैंकको निर्देशन

विदुर खबर २०७७ जेठ ३२ गते २०:४६

नुवाकोट ।  बैंक तथा वित्तीय संस्थाले पूर्णकालिन समय नै सेवादिनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई साविकको कार्यालय कै समय बमोजिम सञ्चालन गर्न निर्देशन दिएको हो ।

Advertisement

गत बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई कामको चापअनुसार कर्मचारी व्यवस्थापन गरी पूर्णकालिन समय कार्यालय सञ्चालन गर्न निर्देशन दिइएको राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक देवकुमार बढालले बताए ।जारी परिपत्रअनुसार बैंकहरुले कामको चापलाई मध्यनजर गर्दै आवश्यकता अनुसार कर्मचारीलाई बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र १ बजेदेखि साँझ ६ बजेसम्म गरी २ सिफ्टमा काम लगाउनु पर्नेछ ।

बैंक सञ्चालन गर्दा व्यवस्थापनले कर्मचारी र ग्राहकको स्वास्थ्य सुरक्षा तथा संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न आवश्यक सावधानी अपनाउनु पर्नेछ । साथै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न समेत राष्ट्र बैंकको निर्देशन छ ।

Advertisement

प्रतिक्रिया