नेपालमा कोरोना संक्रमितको संख्या ३२ सय नाघ्यो
नुवाकोट । नेपालमा ३२३ जना कोरोना भाइरसबाट नयाँ संक्रमित फेला परेका छन् ।
पछिल्लो २४ घन्टामा ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप ३२३ जनामा कोरोना पुष्टि भएसँगै मुलुकमा संक्रमितको संख्या ३ हजार २३५ पुगेको बताए ।
संक्रमित हुनेमा मोरङका ६, सुनसरीका ५, सप्तरीका ८, नवलपरासीका ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १०, बागलुङका १, बझाङका ६, कञ्चनपुरका २, अछामका १, कैलालीका २, डडेलधुराका १, दैलेखका ४७, डोल्पाका १ जना छन् । त्यसैगरी सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, अर्खाखाँचीका १, नवलपरासीका २, रुपन्देहीका ३, भक्तपुरका १, धनुषाका ८, कपिलवस्तुका ३९, काठमाडौंका ४, महोत्तरीका ३५, रौटहटका ६ र सर्लाहीका २७ जनामा संक्रमण पुष्टि भएको छ ।
गत २४ घन्टामा डिस्चार्ज हुनेमा थप ३२ जना रहेका छन् । यसरी डिस्चार्ज हुनेको संख्या ३६५ रहेको छ ।जनकपुर प्रादेशिक अस्पतालबाट १५ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ५ जना, सेती अस्पतालबाट ६ जना र सुर्खेतबाट ७ जना, डिस्चार्ज भएर घर फर्किएका हुन् । मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ३७ हजार ७ सय ३५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ९२ हजार ४ सय ७८ परीक्षणहरु गरिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया