कोरोना भाइरस रोकथामका कर्णाली सरकारले माग्यो सेना परिचालन गर्न अनुमति

नुवाकोट । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि सेना परिचालन गर्न नेपाल सरकारसँग स्वीकृति मागेको छ ।
ठूलो सङ्ख्यामा भारतबाट फर्किएका कोरोना प्रभावितहरुको उद्धार र व्यवस्थापनका लागि सेना परिचालन गर्न प्रदेश सरकारले अनुमति मागेको हो । प्रदेशमा कोरोना फैलिन थालिइसकेको र नेपाल प्रहरी तथा सशस्त्रले शान्ति सुरक्षासम्बन्धी अन्य कामसमेत गर्नुपर्ने भएकाले मन्त्रिपरिषदको बैठकले सेना परिचालनका लागि स्वीकृति मागेको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।
कोरोनाका कारण रोजगारी गुमेपछि औसतमा दैनिक ४ हजार कर्णालीवासी भारतबाट फर्किने गरेका छन् । हाल कर्णालीका ८० हजार नागरिक भारतमा रहेको र ३० हजार फर्किने प्रदेश सरकारको अनुमान छ । ठूलो सङ्ख्यामा नागरिक भित्रिएकोले महामारी फैलिने त्रास बढेको छ । हालसम्म कर्णालीमा भारतबाट आएका २३ जनामा कोरोना पुष्टि भइसकेको छ ।
– यज्ञ खत्रीबाट
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया