नुवाकोट । ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवत-जावतमा रोक लगाएपछि काठमाडौंको फोहोर विर्सजनमा फेरि समस्या परेको छ ।
लकडाउनको कडाइको बाहनामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध भएपछि काठमाडौं महानगरपालिकाले चिन्ता व्यक्त गरेको छ । ककनी गाउँपालिकाले स्थानीयको स्वस्थ्य परीक्षणको माग गर्दै फोहोर विसर्जन गर्न रोक लगाएको हो ।महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले लकडाउनको अवज्ञा गर्दै उपत्यका आवतजावतले कोरोना संक्रमित बढेर उपत्यका अशान्त भैरहेका बेला उपत्यकाको फोहोर विसर्जन अवरोध भएको भन्दै चिन्ता व्यक्त गरे ।
‘ककनी गाउँपालिकाले अति आवश्यक एम्बुलेन्स बाहेक सवारी आवत-जावतमा रोक लगाएको सूचना जारी गरेको छ । फोहोर बोक्ने गाडी अत्यावश्यक भित्रै पर्छन् । तर, सवारी आवत-जावतमा रोक लगाउने नाममा उपत्यकाबाट फोहोर बोकेर जाने गाडीहरुलाई समेत अवरोध गरेका कारण फोहोर व्यवस्थापनमा थप समस्या भएको छ,’ उनले भने । वातावरण विभाग प्रमुख श्रेष्ठले मागहरु बारे महानगरपालिका बसेर छलफल गर्न तयार रहेको भन्दै फोहोर व्यवस्थापनमै अवरोध गर्ने कुरा उचित नभएको बताए । तर, विभिन्न बाहनामा फोहोर विसर्जनमा अवरोध गर्ने कुरा उचित नभएको श्रेष्ठको भनाइ छ । जनप्रतिनिधिले नै विज्ञप्ति निकालेर अवरोध गर्ने कुरा झन दुखद् हो । त्यसलाई जतिसक्दो छिटो हल गर्नुपर्छ,’ उनले भने । त्यहाँका जनप्रतिनिधि र स्थानीयलाई छलफलका लागि बोलाएको पनि जानकारी दिए ।
ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलबासीले कोरोना संक्रमणको डर बढिरहेका बेला स्वास्थ्य परीक्षणको माग गरेको र त्यो माग पूरा भए अवरोध तत्काल खोल्ने जानकारी दिए । काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने विभिन्न बाहनामा फोहोर विसर्जनमा अवरोध गर्ने कुरा उचित नभएको बताए । ‘विभिन्न बाहनामा लकडाउनका बेला फोहोर विसर्जनमा अवरोध गर्ने कुरा उचित होइन । मैले नुवाकोटका जिल्ला प्रमुख र ककनी गाउँपालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेको छु,’ उनले भनेका छन्,’ उहाँहरुका माग के-के हुन् । व्यवस्थापनका लागि छलफल गर्न सकिन्छ । तर, फोहोर नै रोक्ने कुरा हुँदैन ।’
दाहालले बल प्रयोग गरेर भए पनि उपत्यकाको फहोर विसर्जन गर्ने बताए । ‘सिसडोलबासीले पटक-पटक अवरोध हुन्छ, स्थानीयले विभिन्न बाहनामा फोहोर विसर्जनमा अवरोध गर्दा काठमाडौँ महानगरपालिकाले उहाँहरुका माग पटक-पटक सम्वोधन गर्छ,’ उनल भने,’ उनल भने,’समस्याका बारेमा मैले त्यहाँका जनप्रतिनिधि र नुवाकोटका प्रमुख जिल्ला अधिकारीसँग पनि कुरा गरेँ, स्थानीयका केही माग छन् । सम्वोधनका लागि काठमाडौं महानगरपालिका छलफल गर्न तयार छ । यस्तो अवस्थामा फोहोर विसर्जनमै अवरोध गर्ने कुरा उचित हुन्न।’
काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेटि्रक टन फोहोर उत्पादन हुने गरेको छ ।
प्रतिक्रिया