मेरो माइक्रोफाइनान्सको नाफा १४ प्रतिशतले बढ्यो
नुवाकोट । नुवाकोटको बट्टार बजारमा केन्द्रिय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
नाफा गत वर्षको भन्दा १४.३१५ थोरै हो । गत वर्ष यस कम्पनीले ११ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी भने २१.७१५ ले बढेर ३१ करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले २५ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
कम्पनीले सञ्चालन नाफा भने १७ करोड ५७ लाख रुपैयाँबाट घटेर १२ करोड १५ लाख रुपैयाँमा झरेको छ । हाल यसको चुक्ता पुँजी ८५ करोड ५१ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २४ करोड ५२ लाख रुपैयाँ छ । मेरोको खराब कर्जा भने घटेको छ । गत वर्ष २.०५५ रहेको यसको खराब कर्जा यो त्रैमासमा घटेर १.९०५ कायम भएको छ ।
प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९४ पैसा ९वार्षिक० रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३३ रुपैयाँ ३६ पैसा छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया