रसुवाका सांसद प्रेम तामाङलार्ई पितृशोक
विदुर खबर
२०७५ असार २८ गते १६:०७
रसुवा, जिल्लाको प्रदेश नं ३ बाट प्रतिनिधित्व गर्ने नयाँशक्ति नेपालका सांसद प्रेम तामाङलाई पितृशोक परेको छ ।
उहाँका ६९ वर्षीय पिता समाजसेवी हरिबहादुर गलानको मंगलबार मृत्यु भएका कारण पितृशोक परेको आफन्तजनले बताएका छन् ।
दमलगायत विविध रोगका कारण रसुवाको कालिका गाउँपालिका वडा नं २ धैबुङकोटस्थित घरमै उहाँको निधन भएको उहाँकी बुहारी दावामेन्दु तामाङले बताउनुभयो । उहाँका एक श्रीमती र दुई छोरा हुनुहुन्छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया