त्रिशुलीमा र बट्टारमा आज कोरोेनाको ¥यापिड टेस्ट गरिँदै
नुवाकोट । नुवाकोटको त्रिशुली र बट्टामा आज कोरोना भाइरसको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) हुने भएको छ ।
विदुर नगरपालिकाको आयोजना र स्वास्थ्य कार्यालय नुवाकोटको प्राविधिक सहयोगमा विदेशबाट फर्किएका विदुर नगरपालिकाका सर्वसाधारणहरुको ¥यापिड टेस्ट हुन लागेको विदुर नगरपालिकाका नगरप्रमुख सञ्जु पण्डितले जानकारी दिनुभयो । ¥यापिड टेष्ट त्रिभुवन त्रिशुली उच्च माध्यामिक विद्यालय त्रिशुली र नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा हुने विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रञ्जितले जानकारी दिनुभयो ।
त्यस्तै विदुर नगरपालिकामा स्थाई रुपमा बसोवास गर्दै विदेशबाट फर्किएकाहरुको स्वास्थ्य परिक्षण गर्न लागिएको स्वास्थ्य कार्यालउ नुवाकोटका फोकल पर्सन जर्नादन सिलवालले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले विदेशबाट फर्किएका २ सय ८७ जनाको स्वास्थ्य परिक्षण गरिसकेको छ । यसअघि विदुर नगरपालिकाको क्वारेन्टाइनमा वसेकाहरुको ¥यापिड टेष्ट गर्दा नेगेटिभ देखिसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया