लकडाउन लम्ब्याउन केन्द्र सरकारलाई सुदूरपश्चिम प्रदेश सरकारको सिफारिस
विदुर खबर
२०७६ चैत २३ गते १४:५३

नुवाकोट । सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनको अवधि लम्ब्याउन केन्द्र सरकारलाई सिफारिस गरेको छ ।
कैलालीको एक स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारको उच्चस्तरीय समितिले लकडाउनको अवधि लम्ब्याउने निष्कर्ष निकालेको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले संक्रमण थप फैलिन नदिन लकडाउन अवधि लम्बाउने निष्कर्षसहित केन्द्र सरकारलाई सिफारिस गरिएको जानकारी दिए ।
कोरोना रोकथाम तथा नियन्त्रणको प्रयासमा सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनको अवधि यही चैत २५ गते सकिँदैछ ।
लकडाउनको अवधि लम्बिने चर्चा चलिरहेको बेला शनिबार बसेको संघीय मन्त्रिपरिषद बैठकले त्यसबारे कुनै निर्णय गरेन । बरु संक्रमण थप फैलिन नदिन सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म आउ–जाउ गर्न रोक लगाउने निर्णय गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया