नुवाकोटमा लडडाउनको अबज्ञा गर्ने एकसय ७१ सवारीसाधन कारवाहीमा
विदुर खबर
२०७६ चैत २१ गते २१:०१
विदुर खबर नुवाकोट । नेपाल सरकारले जारी लकडाउन तथा जिल्ला प्रशासन कार्यालय नुवाकोटले घोषणा गरेको निषेद्याज्ञाका अवज्ञा गर्ने एक सय ७१ सवारीसाधनलाई प्रहरीले कारवाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार विभिन्न सवारीसाधनसहित २ सय ११ जना समेत पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अभिनारायण काफ्लेका अनुसार पक्राउ गरिएका सवारीसाधनमा एकसय ६१ ओटा मोटरसाईकल, ५ ओटा ट्रक, महेन्द्रको बोलेरो ३ ओटा र एक÷एक ओटा एम्बुलेन्स र कार रहेका छन ।
कारवाही गरिएका सवारीसाधनहरुलाई आवश्यक कारवाही गरी छाडिएको एवम् मानिसहरुलाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाईको प्रहरी प्रमुख काफ्लेले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया