स्पेनमा एकै दिन आठ सय ३२ जनाको मृत्यु
बार्सिलोना । स्पेनमा कोरोना भाइरस (कोभिड-१९) का कारण पछिल्लो २४ घण्टामा आठ सय ३२ जनाको मृत्यु भएको छ । यो भाइरसका कारण स्पेनमा एकै दिनमा मृत्यु भएको अहिलेसम्मकै धेरै हो ।
शनिबार मध्यान्हसम्म ५ हजार छ सय ९४ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। कुल संक्रमितको संख्या ७२ हजार दुई ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ हजार १८९ नयाँ संक्रमित थपिएका छन् । त्यो अघिल्लो दिनभन्दा १२.७ प्रतिशतले बढी हो । चार हजार आठ सय ७५ जनाको आईसीयूमा उपाचार भइरहेको छ भने १२ हजार २८५ जना पूर्ण रुपमा निको भएका छन् ।
स्पेनमा सबैभन्दा बढी प्रभावित क्षेत्र राजधानी म्याड्रिड हो । म्याड्रिडमा मात्र दुई हजार सात सय ५७ जनाको मृत्यु भएको छ । यो कुल मृत्यु हुने संख्याको ४८ प्रतिशत हो । राजधानीमा २१ हजार पाँच सय २० संक्रमित भेटिएका छन् ।
म्याड्रिडपछि बढी प्रभावित क्षेत्र क्याटालोनिया हो । सो क्षेत्रमा एक हजार ७० जनाले ज्यान गुमाएका छन् । १४ हजार २६३ जना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो क्षेत्रमा तीनदेखि चार हजारसम्म नेपालीहरु बसोबास गर्ने ठानिएको छ । हालसम्म चार जना नेपालीहरुलाई संक्रमण देखिएको छ ।
नेपालीहरुको बसोबास रहेको पाईसभास्को तेस्रो बढी प्रभावित क्षेत्र हो । सो क्षेत्रमा पाँच हजार एक सय ३६ जना संक्रमित भेटिएका छन् भने दुई सय २१ जनाको मृत्यु भएको छ । स्पेनमा झण्डै १० हजार नेपाली रहेको नेपाली समाजका अगुवाहरुले बताउँदै आएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया