धादिङका सांसद त्रिपाठीले दिए कोरोना कोषमा एक महिनाको तलब सहयोग
विदुर खबर
२०७६ चैत १३ गते २०:३१

धादिङ । प्रतिनिधिसभाका सदस्य भुमिप्रसाद त्रिपाठीले नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा राहत कोषमा आफ्नो सांसद वापतको एक महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गर्नुभएको छ ।
कोभिड १९ कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सरकारले बनाएको कोरोना कोषमा रकम जम्मा गर्ने घोषणा गर्नुभएको हो । कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन थालेको अवस्थामा सबै तवरले तयारी रहनु आवश्यक रहेको औंल्याउँदै त्रिपाठीले कोरोना भाइरसको संक्रमणबाट आतंकित नभई सावधानी अपनाउन धादिङका जनतालाई आग्रह समेत गर्नुभएको छ ।
उहाँले तीनै तहका सरकारले व्यवस्थित र प्रभावकारी काम गरिरहेकाले आतंकित नभई सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह पनि गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया