मंगलबारदेखि बैंक र बीमा कम्पनीका शाखा नखुल्ने
विदुर खबर
२०७६ चैत १० गते २०:५३
काठमाडौं । सरकारले एक सातासम्म पूर्णरुपमा देशभर लक डाउन गर्ने निर्णय गरेसँगै बैंक तथा वित्तीय संस्थाको सेवा पूर्ण रुपमा बन्द हुने भएको छ ।
सरकारले गरेको निर्णयमा बैंक र बीमा सेवाको बारेमा उल्लेख छैन । बैंकको शाखा चलाउन र नगद व्यवस्थापन गर्नको लागि लिनुपर्ने काम गर्न कठिन हुन्छ । राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटी सरकारी निर्णय अनुसार बैंकको शाखा खुल्न कठिन हुने नगद व्यवस्थापनको काम कसरी गर्ने भन्नेमा निर्णय लिन कठिन भएको बताए । सरकारी निर्णय अनुसार बैंकको शाखा नखुल्ने बताए । यद्यपी सहज सेवाको लागि आफुहरुले विद्युतीय प्रणाली अपनाउन आग्रह गरेको बताए ।
यस्तै बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारी निर्णय अनुसार बीमा सेवा बन्द रहने बताए । मंगलबार काठमाडौं उपत्यकामा भने सार्वजनिक बिदा रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया