ठूला होटेलका अधिकांश कर्मचारीलाई एक महिना बिदा
नुवाकोट । तारे तथा ठूला होटेलले कर्मचारीलाई एक महिना बिदा दिने निर्णय गरेका छन् ।
होटेलको अत्यावश्यक सेवामा कार्यरत कर्मचारी तथा श्रमिकबाहेक अन्य कर्मचारी र श्रमिकलाई एक महिना बिदामा पठाउने निर्णय होटेल संघ नेपाल (हान)ले गरेको छ । तर, परिस्थितिको समिक्षा गरी यो समय भने हेरफेर हुने संघले जानकारी दिएको छ । होटेलमा कार्यरत रहने कर्मचारीले स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री (मास्क, ज्वरो नाप्ने यन्त्र, स्यानिटाइजर र पञ्जा)को प्रवन्ध गरी काममा लगाउने निर्णय समेत होटेल व्यवसायीले गरेका छन् ।
हरेक १५ दिनमा होटेल संघ नेपाल (हान)का पदाधिकारी र संयुक्त ट्रेड यूनियनका पदाधिकारीबीच समिक्षा बैठक हुनेछन् । कर्मचारीको बिदा भने संचित बिदाबाट काट्ने निर्णय गरेका छन् । यसको मतलव कर्मचारीको सेवा सुविधा कतौटी नहुने भएको छ ।
संचित बिदा नहुने कर्मचारीको हकमा अग्रिम बिदामार्फत समायोजन गर्ने गरी व्यवस्थापन गरिने भएको छ । कोरोना रहेसम्म लिभ ट्राभल एलाउन्स भने उपलब्ध गराउन नसकिने निर्णय होटेल व्यवसायीले गरेका छन् । महामारीको प्रकोपले होटेल तथा पर्यटन क्षेत्रमा पर्न सक्ने प्रभाव र क्षतिको विषयमा हान र ट्रेड यूनियनको संयूक्त प्रतिनिधिले नेपाल सरकार र सम्बन्धित निकायमा होटेल तथा होटेलमा कार्यरत श्रमिको लागि आवश्य पर्ने राहत र सुविधाका विषयमा अनुरोध गर्ने भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया