नौकुण्ड गाउँपालिकाद्वारा फलफूलका बिरुवा वितरण
विदुर खबर
२०७६ चैत ४ गते १५:३०

रसुवा ।जिल्लाको नौकुण्ड गाउँपालिकाको कृषि शाखाले पालिका भित्र फलफुल खेतीलाई विस्तार गर्नका लागी कृषकलाई एक हजार छ सय ६० वटा बिरुवा वितरण गरेको छ ।
कृषि शाखाका शाखा प्रमुख सुरेश पौडेलका अनुसार चाल आ.व. को २०७६/०७७ को हिँउद का लागी वितरण गरि जसमा पाँच सय ७० कि.वी छ सय ५० ओखर, २४ सय ४० स्याउको बिरुवा वितरण गरिएको हो । कृषि क्षेत्रलाई आधुनिकिकरण गर्दै पर निर्भर नभई आत्मनिर्भर बनाउन र यस भेगमा फलफुल तथा तरकारीका लागी उपर्युक्त भएकाले कृषक ले ७५ प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको हो । एक जना कृषक बराबर १० देखि दुई सय बिरुवा वितरण वितरण गरिएको हो ।
स्थानिय सरकार गाउँपालिका बनेपछि गा.पा. शाखा बनेपछि कृषकलाई मिनिटिलर, प्लाष्टिक टनेल, मकै छोडाउने मेसिन तरकारीको विउ, मकै, धान, फलफुलको विरुवा वितरण गरिदै आएको शाखा प्रमुख पौडेलले बताउनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया