कोरोनाका कारण होटेलका ९० प्रतिशत कोठा खाली
नुवाकोट । कोरोनाका कारण पाहुना आउन छाडेपछि होटेल सुनसान हुन थालेका छन् ।
विदेशी पर्यटक मात्रै हैन, आन्तरिक पर्यटक पनि त्रासका कारण घुमघाममा निस्कन छाडेपछि होटलहरुको व्यपार ९० प्रतिशतसम्म घटेको छ । होटेल संघ नेपाल (हान)का अनुसार अहिले ठूलो होटेलको अक्कुपेन्सी औसत १० प्रतिशतभन्दा पनि कममा झरेको छ । संघकी अध्यक्ष सिर्जना राणा होटेल नाफामा चल्न कम्तिमा पनि औसत ४० प्रतिशत कोठा भरिनुपर्छ ।
औसत ५० प्रतिशतभन्दा माथि अक्कुपेन्सी पुगेपछि राम्रो मुनाफा हुन्छ । तर, कोरोनाका कारण नेपालले लगाएको यात्रा प्रतिवन्ध र अन्य देशमा समेत हुने झन्झटले अहिले अक्कुपेन्सी झण्डै १० प्रतिशतमा झरेको हो । यसरी आउने पाहुनाहरु कूटनीतिक नियोग, नेपालमा सक्रिय अन्तराष्ट्रिय नियोग तथा निकायका कर्मचारी समेत हुन्छन् । यसबाहेक भारतीय नागरिकलाई समेत नेपाल आउन प्रतिवन्ध लागेको छैन ।
अध्यक्ष राणाका अनुसार अहिलेकै अवस्था रहेमा होटेलहरुले मासिक १ अर्ब ४० करोड रुपैयाँ घाटा बेहोर्छन् । नेपालमा अहिले होटेलहरुले वाषिर्क २५ लाख हाराहारी पर्यटक आउँदासमेत थेग्न सक्ने गरी क्षमता बढाएको दावी व्यवसायीको छ । तर, यस वर्ष विश्वव्यापी रुपमा पर्यटक आवागमन घट्दा त्यसले नेपालमा समेत प्रभाव पार्ने निश्चित भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया