मोरङमा चिर्पट प्रहार गरी श्रीमतीकाे हत्या, श्रीमान पक्राउ
विदुर खबर
२०७६ फागुन २७ गते १५:४२

मोरङ । आफ्नै श्रीमतीको हत्या अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
७० वर्षीया सगुत्री रिसिदेवको हत्या गरेको अभियोगमा बिराटनगर महानगरपालिका १२ मलङवा बस्ने ७२ वर्षीय परण रिसिदेवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
परणले घरायसी बिवादको कारण सगुत्रीलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गर्दा घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले परणलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया