शनिबारसम्म देशका विभिन्न ठाउँमा हुरीबतास, चट्याङ र असिना पानी पर्ने सम्भावना
विदुर खबर
२०७६ फागुन २२ गते २०:३९
नुवाकोट । बिहीबार पश्चिमसहित मध्य र पूर्वका पहाडी भेगमा हुरीबतास, चट्याङ र असिना पानी पर्ने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार पश्चिमका केही र मध्य तथा पूर्वका थोरै पहाडी भेगमा हुरीबतास, चट्याङ र असिनापानी पर्ने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
मध्य र पूर्वमा भने एक ठाउँमा पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न सक्ने उहाँको भनाइ छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले आउँदाे शनिबारसम्म नै केही ठाउँमा हुरीबतास, चट्याङ र असिनापानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
प्रिमनसुन सुरु भइसकेकाले अब बिहान मौसम खुले पनि दिउँसोपछि बदली भइ बेलुकाकाे समयमा हुरीबतास, चट्याङ र असिना पानी पर्नु स्वभाविक भएको मौसमविद्ले बताएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया