नुवाकोटको पन्चकन्यामा अवैध काठसहित दुईजना पक्राउ
विदुर खबर
२०७६ फागुन २१ गते २०:३९
नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिकामा अवैध सालको काठसहित दुईजना पक्राय परेका छन ।
पक्राउ पर्नेहरुमा पन्चकन्या गाउँपालिका वडा नम्बर २ का १९ को दिपेन्द्र राई र विकाश परियार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनीहरुलाई बा.४ ख.६४४२ नम्बरको आईचर गाडीमा ३४ थान (७५.४७ क्यु.फी) अबैध सालको काठ लोड गरिरहेको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । पक्राउ परेकाहरु आइचरका चालक र सहचालक रहेका छन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट ल्याएर आवश्यक कारवाहीका लागी डिभिजन बन कार्यालय बिदुरमा पठाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया