आईसीसी वरीयतामा नेपाल ३ स्थान झर्यो
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरियतामा नेपाल तीन स्थान तल झरेको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल तीन स्थान तल झरेको हो । नयाँ वरीयतामा नेपाल तीन स्थान झर्दै १५ औं स्थानमा पुगेको छ ।
यसअघि नेपाल १२ औं स्थानमा रहेको थियो । आईसीसीले सार्वजनिक गर्दै आएको वरीयतामा पछिल्लो ८ महिना देखि १२ औं स्थानमा रहँदै आएको थियो । तर, टी-ट्वान्टीमा लगातार खराब प्रदर्शन गर्दै आएको नेपालको वरीयतामा यसपटक ठुलो गिरावट आएको हो ।नेपालको टी-ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो ।
एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड १२ र युएई १४ औं स्थानमा रहेको छ ।नेपाल एकदिवसीय वरीयतामा भने यथावत रहेको छ । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ । यस्तै अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया