गोकुल बाँस्कोटा विरुद्ध अख्तियारमा निवेदन
विदुर खबर
२०७६ फागुन ११ गते १३:१९
नुवाकोट । निवर्तमान सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई अनुसन्धानको दायराभित्र ल्याउन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन पेश भएको छ ।
अभियानकर्मी विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले अख्तियारमा निवेदन दर्ता गराएका हुन् । करोडौंको भ्रष्टाचार गर्ने नियतका साथ बार्गेनिङ गरिएको अडियो सार्वजनिक भएकाले अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग सहित निवेदन दर्ता गरेको शिवाकोटीले बताए ।
उनीहरुले आइतबार बिहान निवेदन दर्ता गराएका छन् । सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा एक स्वीस कम्पनीका नेपाली एजेन्ट बिजयप्रकाश मिश्रसँग कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै बाँस्कोटाले पदबाट राजीनामा दिइसकेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया