त्रिशुली क्याम्पसमा खेलकुद सप्ताह सम्पन्न

त्रिशुली । स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन त्रिशुली कलेजद्वारा आयोजित विविध खेलकुद कार्यक्रम तथा अतिरिक्त कार्यक्रम आईतवार सम्पन्न भएको छ ।
एक सातासम्म संचालन भएको कार्यक्रमको आईतवार त्रिभुवन त्रिशुली कलेजका संस्थापक स्ववियु सभापति उपेन्द्र बुढाथोकीले समापन गर्नुभएको छ । कार्यक्रममा बोल्नुहुदै बुढाथोकीले खेलकुदको माध्यमबाट एकता र भातृत्वकायम हुने बताउनुभयो । उहाँले क्याम्पसमा हुने यस्ता रचनात्मक क्रियाकलापले विद्यार्थिहरुबिच एकता कायम हुने समेत बताउनुभयो ।
कार्यक्रममा पूर्व स्ववियु सभापति शकंर पान्डे,नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर तीनका सभापति विजय गुरुङ, त्रिभुवन त्रिशुली कलेजका स्ववियु सभापति पारस अधिकारी लगायतले विद्यार्थीहरुको हकहितको लागि आफुहरु जुनसुकै काम गर्न तयार रहेको बताए ।
एक सातासम्म संचालन भएको कार्यक्रममा महिला र पुरुष टेवलटेनिस, व्याडमिन्टन र हाजिरीजवाफ लगायतका प्रतियोगिता संचालन गरिएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई नगद पाँच हजार र दितिय हुनेलाई तीन हजार रुपैया प्रदान गरिएको त्रिभुवन त्रिशुली कलेजका स्ववियु सभापति पारस अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया