सल्यानमा सेनाको गाडी भिरबाट खस्यो, एकको मृत्यु, ६ घाइते
सल्यान । सल्यानमा नेपाली सेनाको गाडी भिरबाट खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते छन् ।
चारजनाको अवस्था गम्भीर छ । सल्यान सिमखर्क ब्यारेकबाट बुटवल तर्फ जाँदै गरेको लु १ ग १२३ नम्वरको गाडी बुधबार दिउँसो कपुरकोट गाउँपालिकाको वडा नं ३ स्थीत चोरखोला भन्ने स्थानमा दुर्घटनामा परेको हो । राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको चोरखोला स्थित सडकबाट छाँगामा गाडी खस्दा नेपाली सेनाका जमदार हेटौडाका यादव प्रसाद धरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै मेजर ईश्वर सिलवाल, जय प्रसाद वोहोरा, विशाल गुरुङ, विपिन श्रेष्ठ, मोहनलाल थापा, रोशन हिटन घाइते रहेका छन् । घाईतेहरुलाई कपुरकोट गाउँपालिकाका जनप्रतिनिधी, स्थानीयवासी तथा प्रहरी र सेनाले छाँगाबाट उद्धार गरि उपचारको लागि जिल्ला वाहिर पठाएका थिए ।
उनीहरुलाई तुलसिपुरमा सामान्य उपचार पश्चात नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ स्थित छाउनी अस्पतालमा लगिएको सेनाको १९ नम्बर वाहिनि अड्डा तुलसिपुरले जनाएको छ । स्थानीयका अनुसार भिर तथा जंगलभरि सेनाका हतियार र बिम छरपस्ट थिए । दुर्घटना भएको गाडी सडकबाट देखिदैन । दुर्घटना स्थलमा अहिले कसैलाई पनि जान दिएको छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया