प्रेस युनियन रसुवाको अध्यक्षमा कोइराला
रसुवा । नेपाल प्रेस युनियन रसुवाको तेस्रो जिल्ला अधिवेसनले सुशिल कोइरालाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको छ ।
समितिको उपाध्यक्षमा शशीकुमार डंगोल, महिला उपाध्यक्ष झरना नेपाली, सचिव आशिष तामाङ, सहसचिव संगीता तामाङ, कोषध्यष सुवास घिमिरे चयन भएका छन । त्यस्तै कार्यसमितिको सदस्यहरुमा सन्तोषी तामाङ, रक्षा न्यौपाने, पुरुषोतम पौडेल, साधुराम सापकोटा र संदिप पौडेल रहेका छन । अधिवेसनले चैत २१ र २२ गते नेपालगंजमा हुने नबौं केन्द्रिय महाधिवेसनको लागि ५ सदस्यीय महाधिवेसन प्रतिनिधि चयन गरेको छ । पाँच सदस्यीयहरुमा गणेश श्रेष्ठ, धर्म पौडेल, सुनिल पौडेल, अनु आचार्य र झरना नेपाली रहेका छन् । प्रदेश प्रतिनिधिहरुमा श्रीकृष्ण पौडेल, सुदिप न्यौपाने, भवानी पौडेल, भक्तबहादुर गुरुङ, मिलन देवकोटा, रक्षा न्यौपाने र सन्तोषी तामाङ रहेका छन् ।
सर्वसम्मत रुपमा निर्वािचत कार्यसमिति, महाधिवेसन प्रतिनिधि र प्रदेश प्रतिनिधिहलाई प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटी र केन्द्रिय प्रतिनिधि प्रदिप चापागाईंले टीका तथा खादा लगाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । यसअघि तेस्रो जिल्ला अधिवेसनको उद्घाटन सत्रमा नेपाली काग्रेस रसुवाका सभापति पेम्वाछिरिङ तामाङले प्रेसले स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउन नेपाली काग्रेस आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।
संघीय सांसद ईन्जिनियर मोहन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कांग्रेस सधैं अग्रामोर्चामा रहेको उल्लेख गर्दै सरकारले संसदमा ल्याएका सूचना प्रविधि विद्येयक, मिडिया काउन्सिल विद्येयक र विशेष सेवा विद्येयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधानको विरोध जनाए । त्यस्तै कार्यक्रममा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेसनको आन्तरिक गृहकार्य भैरहेको उल्लेख गर्दै सबैलाई महाधिवेसनको लागि सहभागी हुन आग्रह गरे ।
कृष्ण थापाको अध्यक्षतामा भएको अधिवेसनमा उत्तरगया गाउ्रँपालिकाका प्रमुख उपेन्द्रराज लम्साल, केन्द्रिय प्रतिनिधि प्रदिप चापागाईं, नेका जिल्ला कार्यसमिति सदस्य उत्तम थापा, रसुवा महिला सञ्जाल अध्यक्ष सुनिता गुरुङ, प्रेस संगठनका संयोजक बलराम घिमिरे लगायतले शुभकामना व्यक्त गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया