आजको मौसम : दिउँसाे मध्य तथा पूर्वकाे पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना
नुवाकोट । अहिले नुवाकोटसहित मध्य र पूर्वको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल लागेको छ ।
यस्तै मध्य र पूर्वी तराईमा हुस्सु तथा कुहिरो लागेको छ भने पश्चिम तराईको केही क्षेत्रमा कुहिरो लागेको छ । अहिले नेपालको पूर्वी भूभाग नजिक निम्न चापीय प्रणाली रहेकोले पूर्वमा बादल तथा कुहिरो लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो मध्य तथा पूर्वको पहाडी क्षेत्रमा आंशिकदेखी सामान्य बादल लाग्ने र केही ठाउँमा पानीसमेत पर्ने विभागले जनाएको छ । राति पनि पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागकाे मौसम सफा रहने विभागले जनाएको छ ।
शनिबार दिउँसाे पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भूभागका केही ठाउँहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
शनिबार राति उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहि हल्का हिमपातको सम्भावना रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाकाे अनुमान छ।
आइतबार भने पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागकाे मौसम सामान्यतया सफा रहनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया