आजको मौसम : वर्षासँगै हिमपातको सम्भावना
नुवाकोट । हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभए पनि आज साँझदेखि पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने सम्भावना देखिएको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज केही ठाउँमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ। तराई भेग तथा पश्चिमी पहाडी भू-भागमा बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
भाेलि दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केहि स्थानहरु र मध्य तथ पूर्वी भू-भागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया