ए डिभिजन लिग : आज जावलाखेल र पुलिस तथा मनाङ र थ्रीस्टारबीच खेल हुने

विदुर खबर २०७६ माघ ४ गते ९:०१

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार २ खेल हुँदैछन् ।

Advertisement

सातौं र आठौं चरणका खेलहरु दशरथ रंगशालामा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक भए पनि लगातारको वर्षाका कारण केही खेलहरु एन्फा मैदान सातदोवाटोमा पनि सारिएका छन् । सातौं चरणको पहिलो खेलमा हिमालयन शेर्पा र मछिन्द्रबीचको खेल अन्तिममा सातदोवाटो सारिएको थियो । यस्तै प्रतियोगिता अन्तर्गत शनिबार मध्याह्न १२ बजे हुने खेल सातदोवाटो र दिउँसो तीन बजे हुने खेल दशरथ रंगशालामा तय गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

पहिलो खेलमा शनिबार जावलाखेल र विभागीय क्लब नेपाल पुलिस आमने सामने हुने छन् । जावलाखेल जारी लिगमा पाँचौं स्थानमा छ भने पुलिस सातौं स्थानमा छ । शनिबारकाे खेलमा पुलिस विजयी भए पाँचौं स्थानमा उक्ल्ने छ भने जावलाखेल विजयी भए चौंथो स्थानमा पुग्ने छ ।

Advertisement

प्रतियोगिता अन्तर्गत शनिबार दिउँसो ३ बजे मनाङ मर्स्याङ्दी र थ्रीस्टार आमने सामने हुँदैछन् । मनाङ तेस्रो र थ्रीस्टार चौथो स्थानमा रहे पनि यी दुई टिमको अंक अन्तर भने २ रहेको छ ।

शनिबारको खेलमा मनाङ विजयी भए शीर्षस्थानमा पुग्ने छ भने थ्रीस्टार विजयी भए शीर्ष स्थानको त्रिभुवन आर्मीसँग अंक बराबरी गर्ने छ । आर्मी १३ अंकका साथ शीर्ष स्थानमा रहँदा मछिन्द्र पनि समान १३ अंकका साथ दोस्रो स्थानमा छ ।

Advertisement

प्रतिक्रिया