बैंकको ऋण तिर्न नसकेपछि अध्यक्ष खड्काले गरे आत्महत्या
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्णबहादुर खड्काले आत्महत्या गरेका छन्।
६८ वर्षीय खड्काले भारतको बहराइच पुगेर एक होटलमा आत्महत्या गरेका हुन्। उनको सुसाइड नोटमा बैंकको ऋण तिर्न नसकेकाले आत्महत्या गरेको उल्लेख छ।खड्काले पुस २९ गते भारतको बहराइचस्थित शंकर होटेलमा विष सेवन गरी आत्महत्या गरेका थिए।
कोहलपुरका मेयर लुटबहादुर राउतले खड्काले विषादी सेवन गर्नु पहिले लखेको पत्रमा बैंकले ऋण चुक्ता गर्न निकै ताकेता गरेको हुँदा सहन गर्न नसकेर आत्महत्या गरेको व्यहोरा रहेको बताए। ‘उहाँको बैंकमा २०-२२ लाख रुपैयाँ ऋण रहेछ, त्यो ऋण तिर्न भनेर बैंकले निकै सताएको भन्ने कुरा उहाँले पत्रमा लेख्नुभएको छ,’ मेयर राउतले भने, ‘त्यसमा छोराहरूले समेत आफूलाई कुनै सहयोग नगरेको भन्ने कुरा पनि लेख्नुभएको छ।’
खड्काले आत्महत्याको लागि उपयुक्त स्थान भारतको बहराइचस्थित शंकर होटल देखेको हुँदा त्यहाँ आएर विषादी सेवन गरेको भन्दै होटल साहुलाई केही पनि दुःख नदिन आग्रहसमेत गरेका छन्।जाजरकोटबाट बसाइँ सरेर कोहलपुर आएका वडा अध्यक्ष खड्का पुस २९ गते बिहान ७ बजेतिर सुर्खेतको मेहलकुना जान भनी घरबाट निस्केको पारिवारिक स्रोतले जनाएको छ।
तर उनी मेहलुकना नगई साढे १० बजेतिर सीमाना पार गरेर भारतीय बजार रुपैडिहा हुँदै बहराइच गएको मेयर राउतले जानकारी दिए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया