दुई बच्चासहित दम्पतीले त्रिशूलीमा हाम फाले
विदुर खबर
२०७६ माघ ३ गते ८:१९
धादिङ – बेनीघाट रोराङ गाउँपालिकाको बाँदरेकाे झाेलुङ्गे पुलबाट दुई बच्चासहित दम्पती त्रिशूली नदीमा हाम फालेका छन् ।
झाेलुङ्गे पुलबाट हाम फाल्दा श्रीमतीको ज्यान गएकाे छ भने दुई बच्चा बेपत्ता भएका छन् । श्रीमानकाे भने रेस्क्यु टाेलीले तत्काल उद्धार गरेकाे प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिनु भयाे ।
प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भइ गजुरी गाउँपालिकाकाे आदमघाट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती ३० वर्षीया जमुना रेग्मी दुई बच्चासहित त्रिशूलीमा हाम फालेका हुन् ।
उनीहरु आफ्ना दुई वर्षीय र ६ महिने छोरासहित बिहीबार साँझ साढे ६ बजेतिर धादिङ र गोरखाको घ्याल्चोक जोड्ने पुलबाट हाम फालेको प्रहरीले बताएको छ।जमुनाको शव पुलनजिकै फेला परेको र दुई बालकहरुको खोजी भइरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया