पुनर्निर्माणप्रति सन्तोषजनक : प्रधानमन्त्री
प्रधानमन्त्री एवं राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्का अध्यक्ष केपी शर्मा ओलीले पुनर्निर्माणका कार्यप्रगति सन्तोषजनक भएको र देखिएका समस्याहरुलाई समाधान गर्दै बाँकी काम छिटो गर्न प्राधिकरणलाई सुझाव दिएका छन्।
प्रधानमन्त्री ओलीले पुनर्निर्माण कार्य राम्रो गतिमा अघि बढेको र नेपालको पुनर्निर्माण तथा विपद्को क्षेत्रमा काम गरेका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरुले आफूसँगको भेटमा पुनर्निर्माणमा नेपालले हासिल गरेको प्रगति उल्लेखनीय र अनुकरणीय भनेको जानकारी दिए।
उनले समस्या र जटिलताहरुलाई समाधान गर्दै पुनर्निर्माण कार्य अघि बढेको बताउँदै पुनर्निर्माणलाई अझ प्रभावकारी रुपमा अघि बढाउन नीतिगत र व्यवहारिक पक्षमा सुधार गर्न, काम गर्ने तरिकामा सुधार गर्न, सामाजिक जागरण बढाउन, संगठित संस्थाहरुलाई परिचालन गर्न, स्थानीय र प्राविधिकहरुलाई अझ सक्रिय पार्न सुझाव समेत दिए।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्को शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले पुनर्निर्माण कार्य सन्तोषजनक रुपमा अघि बढेको निश्कर्ष निकाल्दै बाँकी काम छिटो सक्ने गरी गति प्रदान गर्न सुझाव दिएको हाे।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया