साेमबार राति उच्च पहाडी र हिमाली जिल्लामा फेरि हिमपात हुने
विदुर खबर
२०७६ पुष २० गते २०:४९
नुवाकोट । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । मौसमविद्का अनुसार अहिले उत्तरी क्षेत्रबाट हावा चलिरहेकाले काठमाण्डाैसहित धेरै ठाउँमा चिसो बढेकाे छ ।
साेमबार दिउँसोसम्म मौसम केही सफा रहे पनि रातिदेखि भने फेरि बदली हुने अनुमान रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । साेमबार राति पश्चिमी न्यून चापीय प्रणाली पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने उहाँले बताउनुभयो । साेमबार राति यहि प्रणालीका कारण उच्च पहाडी र हिमाली जिल्लामा फेरि हिमपात हुने सम्भावना छ ।
यस्तै पश्चिका केही ठाउँमा वर्षासमेत हुने मौसमविद् नगरकोटीले बताउनुभयो । शुक्रबार र शनिबारको वर्षाका कारण अहिले देशभर चिसो बढेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया